‘संदीप और पिंकी फरार’को दोस्रो ट्रेलर रिलिज

‘संदीप और पिंकी फरार’को दोस्रो ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अर्जुन कपुर र परिणीति चोपडा अभिनित सिनेमा ‘संदीप और पिंकी फरार’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । नेपालमा समेत खिचिएको सिनेमा आगामी मार्च १९ तारिखबाट विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ ।

अर्जुन र परिणीतिको भेट भएपछि आउने उतार चढावमा सिनेमाको कथा केन्द्रित रहेको सार्वननिक ट्रेलरबाट बुझ्न सकिन्छ । यशराज फिल्मस्को ब्यानरमा दिबाकर बनर्जी निर्देशित सिनेमाको टिम नेपाल–भारत सीमानामा पर्ने बैतडीको झुलाघाट नाका क्षेत्रमा छायांकन गर्न दुई वर्ष अगाडि नेपाल आएको थियो ।

सार्वजनिक ट्रेलरमा नेपालका केही दृश्यहरु देख्न सकिन्छ । पहिलो ट्रेलरमा पनि नेपालका दृश्य समावेश थियो । सिनेमाको २५ प्रतिशत छायांकन नेपालमा भएको बुझिएको छ । सिनेमामा जयदीप अहलावत र नीना गुप्ताको पनि मुख्य भूमिका छ ।

अर्जुन र परिणीतिले यसअघि सिनेमा ‘इश्कजादे’मा पहिलो पटक सँगै काम गरेका थिए । यसपछि सिनेमा ‘नमस्ते इंगल्याण्ड’मा उनीहरुको एक साथ स्क्रिन सेयर गरेका थिए । पहिलो सिनेमा बक्सअफिसमा सुपरहिट भएता पनि दोस्रो सहकार्य भने यो जोडीलाई फापेन ।