महाशिवरात्रीको अवसरमा ‘मारुनी’ इन्टरनेटमा रिलिज

महाशिवरात्रीको अवसरमा ‘मारुनी’ इन्टरनेटमा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित सिनेमा ‘मारुनी’ इन्टरनेटमा रिलिज भएको छ । बिहिबार महाशिवरात्रीको अवसर पारेर सिनेमा सामाजिक सञ्जाल युट्युबमा रिलिज गरिएको हो ।

बक्सअफिसमा औषत चलेको सिनेमाले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । नवल नेपाल निर्देशित सिनेमाको ट्रेलरले पत्नी र प्रेमिका बीच पतिको सम्वन्ध देखाउँछ । त्रिकोणात्मक प्रेमकथामा रेविका गुरुङ र पुष्प पति-पत्नीको रुपमा छन् । भने, साम्राज्ञी प्रेमिका बनेकी छन् ।

पुनम गौतमले निर्माण गरेको सिनेमामा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, बिनोद भट्टराई र सुशील क्षेत्रीलगायतको अभिनय छ । पुनम इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमामा दीपक बज्राचार्य, अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत, संजय लामाको छायाँकन, गोविन्द फुयाल र नवल नेपालको लेखन र मित्र डि गुरुङको सम्पादन छ ।