प्रभाषको ‘आदिपुरुष’मा कृति र सन्नीको प्रवेश

प्रभाषको ‘आदिपुरुष’मा कृति र सन्नीको प्रवेश

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउड सिनेमा ‘आदिपुरुष’मा कृति सेनन र सन्नी सिंहको प्रवेश भएको छ । सिनेमामा सन्नीले लक्ष्मण र कृतिले सिताको भुमिका निवार्ह गर्ने बलिउड मिडियाले उल्लेख गरेका छन् ।

ओम राउतको निर्देशन रहने सिनेमाको मुख्य भुमिकामा साउथ सुपरस्टार प्रभाष र बलिउड अभिनेता सैफ अली खान यसअघि नै फाइनल भैसकेका थिए । केही साता अघिबाट छायांकन सुरु भएको सिनेमाको सेटमा आगलागी भएसँगै रोकिएको थियो ।

टिसिरिजको ब्यानरमा निर्माण हुने सिनेमाको छायांकन अब अप्रिलबाट पुनः सुरु हुँदैछ । भुषण कुमारको लगानी रहने सिनेमा हिन्दी, तामिल, तेलुगु, कन्नड र मलायलम गरी पाँच भाषामा रिलिज हुनेछ ।