निर्देशकको जन्मदिनमा ‘सुर्यवंशी’ रिलिज मिति घोषणा

निर्देशकको जन्मदिनमा ‘सुर्यवंशी’ रिलिज मिति घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड सिनेमा ‘सुर्यवंशी’को अफिसियल प्रदर्शन मिति घोषणा गरिएको छ । अक्षय कुमार र कैट्रीना कैफ अभिनित सिनेमा अब अप्रिल ३० बाट विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ ।

निर्देशक रोहित सेट्टीको जन्मदिनको अवसरमा कोराना महामारीका कारण रोकिएको सिनेमाको नयाँ रिलिज मिति घोषणा गरिएको हो । यो सिनेमाले बलिउडलाई पुरानो लयमा फर्काउने विश्वास सिनेमा पण्डितको छ ।

रिलाइन्स इन्टरटेनमेन्ट, धर्मा प्रोडक्सन र गुड अफ केप फिल्मस्को ब्यानरमा निमार्ण भएको सिनेमालाई रोहित सेट्टीले निर्देशन गरेका हुन् । सिनेमामा अजय देवगण र रणवीर सिंहको विशेष भुमिका रहेको छ ।

निर्देशक सेट्टी, करण जोहर, अपूर्व मेहता, अरुण भाटिया र हिरो जोहरको लगानी रहेको सिनेमामा ज्याकी श्राफ, गुल्सन ग्रोवर र जावेद जफारी लगायतका कलाकारको पनि अभिनय रहेको छ ।