आलियाको जन्मदिनमा ‘आरआरआर’को पोस्टर

आलियाको जन्मदिनमा ‘आरआरआर’को पोस्टर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री आलिया भट्टको जन्मदिनमा ‘आरआरआर’ टिमले आलियाको फर्स्ट लुक्स पोस्टर सार्वजनिक गरेका छन् । मार्च १५ बाट उनी २८ वर्षमा प्रवेश गरेकी छन् ।

सार्वजनिक पोस्टरमा उनले हरियो रंगको सारी लगाएकी छन् । सिनेमामा उनी सिताको भुमिकामा देखिदैछिन् । एस.एस. राजामौलीले निर्देशन गरेको सिनेमामा आलियासँगै जूनियर एनटीआर, राम चरण र अजय देवगनको अभिनय छ । यो सिनेमा अक्टोबर १३ अर्थात असोज २७ गते देखि प्रदर्शन हुँदैछ ।