पुष्प र श्रद्धा अभिनित ‘कृष्णलीला’ ट्रेलर सर्वाजनिक

पुष्प र श्रद्धा अभिनित ‘कृष्णलीला’ ट्रेलर सर्वाजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता पुष्प खड्का र डेब्यु अभिनेत्री श्रद्धा क्षेत्री अभिनित सिनेमा ‘कृष्णलीला’को ट्रेलर सर्वाजनिक गरिएको छ । आगामी चैत्र २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको ट्रेलर शुक्रबार इन्टरनेटमा रिलिज गरिएको हो ।

सार्वजनिक ट्रेलरमा अभिनेता खड्काको भिन्न लुक्समा देखिएका छन् । लभस्टोरी कथामा निर्माण भएको सिनेमाले दर्शकको राम्रो साथ पाउने विश्वास निर्माण टिमलाई छ । सिनेमाको यसअघि सार्वजनिक दुई गीत र पोस्टरले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेका छन् । ३ मिनेट २५ सेकेण्ड लामो ट्रेलरमा सिनेमाका अधिकांश कलाकारलाई स्थान दिइएको छ ।

नेपाली सिनेमा क्षेत्रलाई चलायमान बनाउन पनि आफ्नो ५० प्रतिशत अनुपेन्सीमा पनि ‘कृष्णलीला’ रिलिज गर्ने जोखिम मोलेको बताए । सिनेमाको सम्पुर्ण छायांकन लकडाउन खुलेसँगै इलाम र झापाका सुन्दर लोकेसनमा गरिएको छ ।

दीपक वलीले निर्देशन गरेको सिनेमामा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रविन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारहरुको पनि अभिनय छ । सिनेमाको कथा लक्ष्मण सुवेदीले तयार पारेका हुन् ।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘कृष्ण लीला’को निर्मातामा प्रकाश कार्की र केवल तामाङ छन् । सिनेमामा रामजी लामिछानेको कोरियोग्राफी, शिव ढकाल र बाबु श्रेष्ठको छायांकन र अर्जुन जिसीको सम्पादन रहेकोछ ।