छक्का पन्जा टिमसँग ‘धनियाँके होली’

छक्का पन्जा टिमसँग ‘धनियाँके होली’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपाश्री निरौला निर्देशित ‘धनियाँके होली’ बोलको होली सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । यो गीतलाई ‘छक्का पञ्जा’ समुहले निर्माण गरेका हुन् ।

दीपाश्री निरौला र सुमित खड्काको स्वर रहेको गीतमा निरज श्रेष्ठको संगीत छ । भने शब्द दिपनारायण राजवंशीले लेखेका छन् । शिशिर खातीले कोरियोग्राफी गरेको गीतमा दीपाश्रीसँगै दिपकराज गिरी, केदार घिमिरे, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, रवि ढंगोल, अनुराग कुँवर, सुमन गिरी भान्जा लगायत फिचर्ड छन् ।

हरि हुमागाईंले छायांकन गरेको भिडियोलाई विपिन मल्लले सम्पादन गरेका छन् । निर्देशक तथा कलाकार दीपाले रेडियो नेपालमा ‘धनियाँके दुनियाँ’ नामक कार्यक्रम सञ्चालन गरेकी थिइन् ।