अमिताभलाई दीपिकाको खाना चोर्ने आरोप

अमिताभलाई दीपिकाको खाना चोर्ने आरोप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अमिताभ बच्चन र अभिनेत्री दीपिका पादुकोणले सिनेमा ‘पिकु’मा एक साथ काम गरेका थिए । सिनेमा रिलिजको बेला एक प्रेस मिटको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा दीपिकाले अमिताभलाई खाना चोर्ने आरोप लगाएकी छन् ।

दीपिकाले अमिताभलाई हेर्दै भनिन्, ‘उहाँ मेरो खाना चोर्नु हुन्छ ।’ दीपिकालाई जवाफ दिर्दै अमिताभले भने, ‘हामी दिनमा तीन पटक खाना खान्छौ । दीपिकाको अलगै छ । उनी हरेक तीन मिनेटमा खाना खान्छिन् । यसमा कुनै आश्चार्य छैन । तर उनले खाएको खाना कहाँ जान्छ । जस्ताको तस्तै, दुब्ली–पातली नै छिन् ।’

अमिताभ र दीपिका हलिउड सिनेमा ‘द इर्न्टन’ देखिने चर्चा छ । यो सिनेमामा पहिला अभिनेता ऋषि कपूर अनुबन्धित भएका थिए । उनको निधनपछि सिनेमामा अमिताभ रहने चर्चा चलेको हो ।

-एजेन्सी