धर्मा प्रोडक्सनबाट बलिउडमा डेब्यू गर्दै सञ्जयकी छोरी शनाया

धर्मा प्रोडक्सनबाट बलिउडमा डेब्यू गर्दै सञ्जयकी छोरी शनाया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सञ्जय कपूरकी छोरी शनाया कपूर बलिउडमा डेब्यु गर्ने तयारीमा छिन् । स्टार किड्सलाई बलिउडमा डेब्यू गराउदै आएको धर्मा प्रोडक्सनले शनायालाई पनि डेब्यू गराउन लागेको हो ।

करण जोहरले भिडियो शेयर गर्दै लेखेका छन्, ‘हाम्रो परिवारमा अर्को एक सुन्दर एडिसन थपिएको छ । डीसीए स्क्वाडमा तिमीलाई स्वागत छ शनाया कपूर ।’ भिडियोमा शनाया विभिन्न पोजमा देखिएकी छन् ।

उक्त भिडियोमा शनायाको तारिफ भएपनि धर्मा प्रोडक्सनलाई नेपोटिज्मको आरोप लागेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले करणलाई ‘नेपोटिज्मको देवता’को ट्याग दिइरहेका छन् ।

शनायाले जुलाईबाट सिनेमाको छायांकन सुरु गर्नेछिन् । उनले हालै एक वेव सिरिजमा काम गरेकी थिइन् ।

शनाया कपूर भन्दा पहिला करण जोहरले बलिउडमा आलिया भट्ट, वरुण धवन, जान्हवी कपूर, इशान खट्टर, अनन्या पाण्डे जस्ता स्टार किड्सलाई लन्च गरेका थिए ।