नेशनल फिल्म अवार्डमा उत्कृष्ट सिनेमा ‘छिछोरे’, उत्कृष्ट अभिनेत्री कंगना

नेशनल फिल्म अवार्डमा उत्कृष्ट सिनेमा ‘छिछोरे’, उत्कृष्ट अभिनेत्री कंगना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सोमबार भारतमा ‘६७ औं नेशनल फिल्म अवार्ड’को घोषणा गरिएको छ । सन् २०१९ मा रिलिज भएका सिनेमाको आधारमा भारत सरकारले विभिन्न विधामा ‘नेशनल फिल्म अवार्ड’को घोषणा गरेको हो । यो अवार्ड भारतका राष्ट्रपतिको हातबाट प्रदान गरिन्छ ।

यो बर्षको उत्कृष्ट सिनेमाको अवार्ड अभिनेता सुशान्त सिंह राजपुत र श्रद्धा कपुर स्टारर सिनेमा ‘छिछोरे’ले पाएको छ । सिनेमामा ‘मणिकर्णिका र पंगा’बाट अभिनेत्री कंगना रनावतले ‘उत्कृष्ट नायिका’को अवार्ड प्राप्त गरेकी छन् । यो उनको चौथो नेशनल अवार्ड हो ।

कंगनाले यसअघि ‘फेसन’ (२००८)बाट बेस्ट सपोटिङ अभिनेत्री, ‘क्विन’ (२०१४)बाट बेस्ट अभिनेत्री, ‘तनु वेड्स मनु रिटन्र्स’ (२०१५)बाट बेस्ट अभिनेत्रीको ‘नेशनल फिल्म अवार्ड’ जितिसकेकी छन् । यस्तै, मनोज बाजपेयी र धनुषले ‘उत्कृष्ट अभिनेता’को अवार्ड जितेका छन् । उत्कृष्ट ‘सह–अभिनेता’को अवार्ड विजय सेतुपतिले जित्दा पल्लवी जोशीले ‘उत्कृष्ट सह–अभिनेत्री’को अवार्ड जितेकी छन् ।

‘६७ औं नेशनल फिल्म अवार्ड’ विजेताको पूर्ण सूचीसहित :–
उत्कृष्ट फीचर सिनेमा : छिछोरे
उत्कृष्ट अभिनेत्री : कंगना रनावट (मर्णिकणिका, पंगा)
उत्कृष्ट अभिनेता : मनोज बाजेपयी (भोन्सले), धनुष तेलुगु सिनेमा (असुरन)
उत्कृष्ट सह–अभिनेता : विजय सेतुपति (सुपर डिलक्स)
उत्कृष्ट सह–अभिनेत्री : पल्लवी जोशी (द ताश कन्द फाइल्स)
उत्कृष्ट गायक : बी प्राक – तेरी मिट्टी (केसरी)
उत्कृष्ट गायिका : सावनी रविन्द्र – बार्दो (मराठी)
उत्कृष्ट सम्पादक : नविन नोली (तेलुगु सिनेमा जर्सी)
उत्कृष्ट अटोबायोग्राफी : लेवदुह (खासी)
उत्कृष्ट स्क्रीनप्ले : गुमनामी
उत्कृष्ट सिनेम्याट्रोग्राफी : जलीकट्टू
उत्कृष्ट सिनेमा क्रिटिक : सोहिनी चट्टोपाध्याय
उत्कृष्ट नन फीचर सिनेमा : वाइल्ड कर्नाटक
उत्कृष्ट निर्देशक : सञ्जय पूरण सिंह चौहान (बहत्तर हून्रे)
उत्कृष्ट बाल सिनेमा : कस्तूरी
उत्कृष्ट संवाद : विवेक रन्जन अग्नीहोत्री (द ताश कन्द फाइल्स)
उत्कृष्ट ओर्जिनल स्क्रीनप्ले : ज्येष्ठोपुत्री
उत्कृष्ट कोरियोग्राफी : तेलुगु सिनेमा (महर्षि)
उत्कृष्ट स्टन्ट : कन्नड सिनेमा (अवाने श्रीमाननारायण)
उत्कृष्ट बुक अन सिनेमा : अ गान्धिय अफेयर
स्पेशल मोशन अवार्ड (सिनेमा) : बिरयानी (मलयालम), जोनाकी पोरुआ (असमी), लता भगवान कोर (मराठी), पिकारो (मराठी)
उत्कृष्ट सिनेमा अन एनवायरमेन्ट कन्स र्वेशन : टर बुरिअल
इन्दिरा गान्धी अवार्ड फर उत्कृष्ट डेब्यू निर्देशक : मथुकुत्टी जेवियर (हेलन)
उत्कृष्ट पपुलर सिनेमा प्रोभाइडिङ होलसम इन्टरटेनमेन्ट : तेलुगु सिनेमा (महर्षि)
उत्कृष्ट सिनेमा अन नेशनल इन्टीग्रेशन : ताजमहल (मराठी)
उत्कृष्ट सिनेमा अन सोशल इश्यूज : आनन्दी गोपाल (मराठी)
उत्कृष्ट बाल कलाकार : नागा विशाल – तमिल सिनेमा (केडी)

फरक– फरक भाषाका उत्कृष्ट सिनेमाहरु :–
तूलू : पिंगारा
पनिया : केन्जिरा
मिशिंग : अनुरुवड
खासी : लेवडु
हरियाणवी : छोरियां छोरोंसे कम नही
छत्तीसगढी : भूरन दी मेज
तेलुगु : जर्सी
तमिल : असुरन
पंजाबी : रब दा रेडियो
मणिपुरी : इगीकोना
ओडिया : साला बुराड बदला और कलिया अतितु
मलयालम : कलानोत्तर
मराठी : बारडो
कोंकणी : काजरो
कन्नड : अक्षी
हिन्दी : छिछोरे
बंगाली : गुमनामी
असमी : रोनुआ हू नेवर सरन्डर्स

-एजेन्सी