कंगनालाई जन्मदिनमा डबल सरप्राइज

कंगनालाई जन्मदिनमा डबल सरप्राइज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री कंगना रनावटको जन्मदिनको अवसर पारेर आगामी सिनेमा ‘थलाइवी’को ट्रेलर सार्वजनिक गरिएको छ ।

सिनेमाको ट्रेलरमा जयललिताले अभिनेत्री देखि राजनीतिको दुनियाँमा कदम राखेको झलक देखाइएको छ । कंगना रनावतले तमिलनाडुकी दिवंगत मुख्यमन्त्री जयललिताको भुमिका निभाएकी छन् । सिनेमामा कंगनासँगै साउथ सुपरस्टार अरविन्द स्वामीको पनि मुख्य भुमिका छ ।

एल विजयले निर्देशन गरेको सिनेमा विष्णु वधन इन्दुरी र शैलेश आर सिंहको लगानी रहेको छ । यो सिनेमा हिन्दी, तमिल र तेलुगु भाषामा अप्रिल २३ देखि रिलिज हुँदैछ ।

यस्तो छ ‘तेजस’मा कंगनाको लुक
बलिउड अभिनेत्री कंगना रनावटले आफ्नो जन्मदिनमा डबल सरप्राइज पाएकी छन् । कंगनाको आगामी सिनेमा ‘थलाइवी’को ट्रेलर सार्वजनिक हुनुको साथै आरएसवीपी मुभिजले ‘तेजस’बाट कंगनाको फर्स्ट लुक सार्वजनिक गरेको छ ।

सार्वजनिक पोस्टरमा कंगना एयरफोर्सको वर्दीमा देखिएकी छन् । सर्वेश मेवान्डाको लेखन तथा निर्देशन रहेको सिनेमामा रोनी स्क्रूवालाको लगानी रहेको छ ।