मनिषा कोइरालाको ‘नाइटीनाइन सङ्स’को ट्रेलर

मनिषा कोइरालाको ‘नाइटीनाइन सङ्स’को ट्रेलर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली मुलुककी बलिउड अभिनेत्री मनिषा कोइराला अभिनित सिनेमा ‘नाइटीनाइन सङ्स’को ट्रेलर सार्वजनिक भएको छ ।

म्युजिकल लभ स्टोरी सिनेमामा मनिषा कोइरालासँगै लिसा रे, तेन्जिन दल्हा, वारिना हुसेन, रन्जित बरोट, नील त्यागी, राहुल राम, दिवाकर पुन्दिरलगायत कलाकारको अभिनय रहेको छ । विश्वेश कृष्णमूर्तिले निर्देशन गरेको सिनेमामा एआर रहमानको लेखन तथा निर्माण रहेको छ । निर्माणमा उनले इहान भट र इडिलसी वर्गाससँग सहर्काय गरेका छन् ।

तनय साटम र जेम्स काउलीले छायांकन गरेको सिनेमालाई मोनिषा आर बलदावाले सम्पादन गरेका हुन् । यो सिनेमा १६ अप्रिल देखि प्रदर्शन हुँदैछ ।