आमिर खानलाई कोरोना संक्रमण

आमिर खानलाई कोरोना संक्रमण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण भएको छ । कोरोना पोजेटिभ देखिएपछि उनले आफूलाई होम क्वारेन्टाइनमा राखेका छन् ।

भारतीय मिडिया अनुसार आमिरले आफ्ना स्टाफलाई टेस्ट गर्न र अत्यावश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न निर्देशन दिएका छन् । आमिरको सिनेमा ‘लाल सिंह चड्डा’को छायांकन बाँकी छ । उनी पूर्ण रुपले स्वस्थ्य भएपछि मात्रै सुटिङ पुरा गर्नेछन् । सिनेमामा उनीसँगै करीना कपूर खानको पनि मुख्य भुमिका रहेको छ ।

बलिउडमा पछिल्लो समय रणबीर कपूर, कार्तिक आर्यन, सञ्जय लीला भन्साली, मनोज बाजपेयी, सिद्धान्त चतुर्वेदी, तारा सुतारिया, सतिश कौशिक र अमित रविन्दरनाथ शर्मालाई कोरोना संक्रमण भइसकेको छ ।