‘बन्टी और बबली २’ र ‘हाथी मेरे साथी’ रिलिज डेट पोस्टपोन्ड

‘बन्टी और बबली २’ र ‘हाथी मेरे साथी’ रिलिज डेट पोस्टपोन्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सैफ अली खान र रानी मुखर्जीको सिनेमा ‘बन्टी और बबली २’ को रिलिज डेट पोस्टपोन्ड भएको छ । भारतमा कोरोनाको प्रभाव बढ्न थालेपछि अप्रिल २३ मा रिलिज हुने भनिएको सिनेमाको प्रदर्शन रोकिएको हो ।

यशराज ब्यानरबाट निर्माण भएको सिनेमामा सैफ र रानीसँगै सिद्धान्त चतुवेर्दी र नव कलाकार शारवरीको अभिनय छ ।

त्यस्तै, कोरोनाको कारण सिनेमा ‘हाथी मेरे साथी’ को पनि प्रदर्शन मिति पोस्टपोन्ड भएको छ । यो सिनेमा हिन्दी भर्जनमा रोकिएपनि तामिल र तेलुगुमा ‘अरन्य’ र ‘कादन’ नाममा मार्च २६ मै प्रदर्शन हुनेछ ।

प्रभु सोलोमोनले निर्देशन गरेको सिनेमा राना दागुबती, पुलकित सम्रराट, जोया हुसेन, श्रेया पिलगांवकरको अभिनय छ

-एजेन्सी