anmol jasita

एभरेष्ट सुर्य बोहरा निर्देशित ‘श्री’ एकसाथ हल र ओटीटीमा

एभरेष्ट सुर्य बोहरा निर्देशित ‘श्री’ एकसाथ हल र ओटीटीमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – एभरेष्ट सुर्य बोहराको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘श्री’ चैत्र २७ गतेबाट नेपाल भरका सिनेमा हल र ओटीटी एकसाथ रिलिज हुने भएको छ । पहिले सिधै ओटीटीमा मात्रै रिलिज गर्ने सोच बनाएको निर्माण टिमले वितरकको आग्रहमा हलमा समेत रिलिज गर्न लागेको निर्देशक बोहोराले बताए ।

श्री निर्माण टिमले शुक्रवार १ मिनेट ३६ सेकेण्डको ट्रेलर सार्वजनिक गर्दै नेपाली ओटीटी प्लेटर्फम ‘मोमो:म्यूजिक एन्ड मुभि, भिडियो पसल र सिनेमा घर ५५५’ मा एकसाथ रिलिज हुने जनाकारी दिएको थियो । अब यो सिनेमालाई जीजीए ग्रुपले वितरणको जिम्मा लिदै सिनेमा घरमा समेत रिलिज हुने जनाएको छ ।

सिनेमामा सन्दिप क्षेत्री, रविन्द्र झा, वर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, भोलाराज सापकोटा, नवीन श्रेष्ठ, मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ लगायतको अभिनय रहेको छ ।लकडाउनको समयमा सिनेमाको सम्पुर्ण छायांकन ७२ घण्टामा सकिएका निर्देशक बोहराले बताए ।

सविता गुरुङको निर्माण रहेको सिनेमाको कथा लेखनमा निर्देशक बोहरालाई शिवम् अधिकारीले सघाएका छन् । सिनेमालाई शेरबहादुर तामाङले छायांकन गरेका हुन् । पैसाका लागि पात्रहरुको दौडधुप र त्यसले उत्पन्न गर्ने समस्यामा सिनेमा केन्द्रित रहेको सार्वजनिक ट्रेलरबाट बुझ्न सकिन्छ ।