कोरोना बढेपछि अक्षय अभिनित ‘सुर्यवंशी’ पोस्टपोन्ड

कोरोना बढेपछि अक्षय अभिनित ‘सुर्यवंशी’ पोस्टपोन्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भारतमा दोस्रो लहरको कोरोना संक्रमण बढेसँगै बलिउड सिनेमाको रिलिज स्थगित भैरहेका छन् । यसअघि ‘हाथी मेरे साथी’, ‘बब्ली और बन्टी २’ र ‘चेहरे’ पोस्टपोन्ड भैसकेका छन् ।

यसैवीच केहिदिन यता सलमान खान अभिनित ‘राधे’ र अक्षय कुमार अभिनित ‘सुर्यवंशी’ पोस्टपोन्ड भएको चर्चा भैरहेको थियो । तर, निर्माण टिमले आधिकारिक जानकारी दिएको थिइन् । मंगलबार बलिउड समिक्षक तथा ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीट गर्दै लेख्दै सुर्यवंशी अनिश्चित कालको लागि पोष्टपोन्ड भएको उल्लेख गरे ।

बलिउड मिडियाका अनुसार भारतमा सवैभन्दा बढि कोरोना प्रभावित राज्य महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेसँगको भेटपछि ‘सुर्यवंशी’ निर्माता तथा निर्देशक रोहित सेठ्ठी सिनेमा पोस्टपोन्ड गर्न राजी भएको उल्लेख गरेका छन् । महाराष्ट्रलाई बलिउडको राजधानी मानिने भएका कारण पनि बलिउडका ठुला सिनेमा धमाधम पोस्टपोन्ड भैरहेका छन् ।

रिलाइन्स इन्टरटेनमेन्ट, धर्मा प्रोडक्सन र गुड अफ केप फिल्मस्को ब्यानरमा निमार्ण भएको सिनेमालाई रोहित सेट्टीले निर्देशन गरेका हुन् । सिनेमामा अजय देवगण र रणवीर सिंहको विशेष भुमिका रहेको छ ।

निर्देशक सेट्टी, करण जोहर, अपूर्व मेहता, अरुण भाटिया र हिरो जोहरको लगानी रहेको सिनेमामा कैट्रीना कैफ, ज्याकी श्राफ, गुल्सन ग्रोवर र जावेद जफारी लगायतका कलाकारको पनि अभिनय रहेको छ ।