शंकर निर्देशित ‘अन्नियन’को हिन्दी रिमेकमा रणबीर

शंकर निर्देशित ‘अन्नियन’को हिन्दी रिमेकमा रणबीर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – तमिल निर्देशक शंकरको नयाँ सिनेमामा बलिउड सिनेमा रणबीर सिंह अनुबन्धित भएका छन् । बुधबार निर्माण टिमले रणबीरसँगको तस्वीर सेयर गर्दै सिनेमा निर्माणको औपचारिक घोषणा गरिएको हो ।

रणबीरले तमिल अभिनेता चियान विक्रम अभिनित सिनेमा ‘अन्नियन’को हिन्दी रिमेकमा काम गर्न लागको हुन् । २००५मा रिलिज भएको सुपरहिट सिनेमालाई ओरिजिनल निर्देशक शंकरले नै निर्देशन गर्न लागेका हुन् । बलिउड मिडियाका अनुसार यो सिनेमा २०२२ को मध्यमा रिलिज हुनेछ ।

तेलुगु, मल्यालम, कन्नड र हिन्दी गरी चार भाषामा रिलिज हुने सिनेमाको नाम फाइनल गरिएको छ । रोबर्ट निर्देशक शंकर रणबीरभन्दा पहिले तेलुगु सुपरस्टार राम चरणसँग नयाँ सिनेमामा काम गर्दैछन् । यो सिनेमाको छायांकन चाँडै सुरु हुँदैछ । उत्त सिनेमाको छायांकन सकिएसँगै ‘अन्नियन’को हिन्दी रिमेक फ्लोरमा जानेछ ।

बलिउडमा पछिल्लो समयका ब्यस्त अभिनेता रणबीर सिंह अभिनित सिनेमा ‘८३’ र ‘जयशभाई जोडदार’ प्रदर्शनको तयारीमा छन्, उनी हाल रोहित सेट्टी निर्देशित सिनेमा ‘सर्कस’को छायांकनमा व्यस्त छन् । यो सिनेमापछि रणबीर करण जोहरको लभस्टोरी सिनेमामा आलिया भट्टसँग दोस्रो पटक सहकार्य गर्दैछन् ।