अर्जुन रामपाल र सोनूलाई कोरोना पोजेटिभ

अर्जुन रामपाल र सोनूलाई कोरोना पोजेटिभ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अर्जुन रामपाललाई कोरोना पोजेटिभ देखिएको छ । उनले सामाजिक सञ्जाल मार्फत आफुलाई कोभिड– १९ भएको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘मलाई कोभिड– १९ देखिएको छ । तर, मलाई कोरोनाको लक्षण देखिएको छैन । मैले आफुलाई होम क्वारेन्टाइन गरेको छु र आवश्यक मेडिकल केयर लिइरहेको छु । म सबै नियम पालना गरिरहेको छु । पछिल्लो १० दिनमा मेरो सम्पर्कमा आउनुभएको सम्पूर्ण व्यक्तिहरुलाई सावधानी अपनाउन अनुरोध गर्छु । यो समय हाम्रो लागि निकै कष्टकर छ तर हामीले सतर्कता र बुद्धिमानीताको साथ अगाडी बढ्यौ भने लामो समयसम्म फाइदा दिनेछ । हामी एक साथ कोरोनासँग लड्नेछौं ।’

त्यस्तै, अभिनेता सोनू सूदलाई पनि कोरोना पोजेटिभ देखिएको छ । ‘म सबैलाई भन्न चाहन्छु कि आज बिहान मेरो कोभिड टेस्ट पोजेटिभ आएको छ । मैले आफुलाई क्वारेन्टाइन गरेको छु र आफ्नो ख्याल राखिरहेको छु । तर, चिन्ता नलिनु तपाईहरुको सहयोगको लागि अझै समय पाएको छु । याद राख्नुस्, म सधैं तपाईहरुको साथमा छु’ उनले ट्वीटमा लेखेका छन् ।

अर्जुन रामपाल, सोनू सूदसँगै फेसन डिजाइनर मनिष मल्होत्रा र कलाकार सुमित व्यास कोरोनासँग लडिरहेका छन् । केहि समय अगाडी कैटरिना कैफ, विक्की कौशल भूमि पडनेकर, आलिया भट्ट, अक्षय कुमारलाई पनि कोरोना संक्रमण देखिएको थियो ।

–एजेन्सी