टिजर सार्वजनिक भएपछि सुशान्तको बायोपिक रोक्न माग

टिजर सार्वजनिक भएपछि सुशान्तको बायोपिक रोक्न माग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणको खुलासा भएको छैन । तर, दिलिप गुलाटीले उनको बायोपिक सिनेमा ‘न्याय द जस्टिस’ बनाएका छन् । हालै सिनेमाको टिलर सार्वजनिक गरिएको छ । सिनेमाको टिजर सार्वजनिक भएपछि सिनेमालाई रोक्न माग गर्दै दिल्ली हाई कोर्टमा उजुरी परेको छ ।

सुशान्तका पिता केके सिंहले उजुरी दिएका हुन् । यो उजुरीमाथि सुनुवाई गर्दै दिल्ली हाई कोर्टले सिनेमाको निर्मातालाई नोटिस पठाएका छन् । नोटिस पठाउदै कोर्टले निर्मातासँग यस विषयको जवाफ मागेका छन् । यो सिनेमा बनाउन सुशान्तको परिवारबाट कुनै किसिमको अनुमति लिइएको छैन ।

टिजरमा एक अभिनेताले आत्महत्या गर्ने र त्यसपछि कसरी जाँच एजेन्सीहरु यो जंजालमा फँस्छन् भन्ने देखाइएको छ । सार्वजनिक टिजरमा सुशान्तसँगै उनको प्रेमिका रिया चक्रवर्तीको भुमिका पनि देखाइएको छ । सिनेमामा सुशान्तको भुमिका जुबेर खानले निभाएका छन् भने रियाको भुमिका श्रेया शुक्लाले निभाएकी छन् । टिजरमा अमन वर्मा, असरानी र शक्ति कपूर देखाइएको छ ।

-एजेन्सी