१३ मेमा हल र ओटीटीमा सलमानको ‘राधे’

१३ मेमा हल र ओटीटीमा सलमानको ‘राधे’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भारतमा कोरोना महामारीको दोस्रो लहरले  निकै प्रभाव पारेको छ । यसको असर सिनेमा क्षेत्रमा पनि देखिएको छ । बलिउड सिनेमाले धमाधम रिलिज डेट पोस्टपोन्ड गरिरहेका छन् । भने, सलमान खानको ‘राधे : योर मोस्ट वान्टेड भाई’ २०२१ मे १३ मै रिलिज हुने भएको छ ।

बुधबार सलमानको एक पोस्टर सार्वजनिक गर्दै सिनेमाको रिलिज डेट पोस्टपोन्ड नगर्ने जानकारी दिइएको हो । ‘राधे’ सिनेमा हल र ओटीटीमा एक साथ रिलिज हुनेछ । यो सिनेमा जी प्लेक्सबाट रिलिज हुनेछ । सिनेमाको ट्रेलर अप्रिल २२ अर्थात भोली सार्वजनिक हुँदैछ ।

प्रभु देवाको निर्देशित सिनेमामा सलमानसँगै दिशा पटानी, रणदीप हुन्ड्डा, ज्याकी श्रोफ लगायतका कलाकारको अभिनय रहेको छ ।