यस्तो छ, सलमानको ‘राधे’को ट्रेलर

यस्तो छ, सलमानको ‘राधे’को ट्रेलर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सलमान खानको सिनेमा ‘राधे : योर मोस्ट वान्टेड भाई’को ट्रेलर सार्वजनिक भएको । ट्रेलर हेर्नुस् :

एक्सनले भरिपूर्ण ट्रेलरले दर्शकको ध्यान खिच्न सक्छन् । यो सिनेमा सलमान खानको प्रोडक्सन हाउसबाट निर्माण गरिएको हो ।

प्रभु देवाको निर्देशित सिनेमामा सलमानसँगै दिशा पटानी, रणदीप हुन्ड्डा, ज्याकी श्राफ लगायतका कलाकारको अभिनय रहेको छ । इर्दको अवसर पारेर मे १३ मा सिनेमा हलमा र ओटीटी प्लेटफर्ममा एक साथ रिलिज हुनेछ ।

‘सरदारका ग्यान्डसन’को ट्रेलर सार्वजनिक

बलिउड अभिनेता अर्जुन कपूर र राकुल प्रीत सिंहको आगामी सिनेमा ‘सरदारका ग्यान्डसन’को ट्रेलर सार्वजनिक भएको । ट्रेलर हेर्नुस् :

लाहोरको घर पन्जाव ल्याउने संघर्ष देखाइएको सिनेमामा अर्जुन कपूर र राकुलसँगै नीना गुप्ता, जोन अब्राहम, अदिती राय, सोनी राजदान, कुमुद मिश्रा लगायत कलाकारको अभिनय रहेको छ ।

काश्वी नायरले निर्देशन गरेको सिनेमामा भुषण कुमार, दिव्या खोस्ला कुमार, कृषण कुमार, मोनिषा अडवानी, मधु भोजवानी, निखिल अडवानी, जोन अब्राहमको लगानी रहेको छ । यो सिनेमा नेटफिक्समा १८ मेमा रिलिज हुँदैछ ।