सम्झनाको निर्देशनमा ‘ज्यानलाई भो खतरा’ (भिडियो)

सम्झनाको निर्देशनमा ‘ज्यानलाई भो खतरा’ (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सम्झना उप्रेती रौनियारको निर्देशनमा ‘ज्यानलाई भो खतरा’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक गीतमा अभिनेत्री शिल्पा पोखरेल र रविन्द्र रिमाल फिचर्ड छन् । गीत हेर्नुस् :

विक्रमजंग शाह र अन्जु पन्तको स्वर गीतमा लेखु सहयात्रीको शब्द र सुवाष भुषालको संगीत छ । भने, पुरुषोत्तम सुवेदीको एरेञ्ज रहेको छ । मुस्ताङको रमणीय स्थान मार्फा गाउँ र धुम्बा ताल परिसरमा खिचिएको म्युजिक भिडियोमा मनोज केसीको कन्सेप्ट र गोविन्द राईको कोरियोग्राफी रहेको छ ।

रामेश्वर हुमागाईंको छायांकन रहेको म्युजिक भिडियोमा भरत रेग्मीको सम्पादन तथा रंग संयोजन छ । छायांकार हुमागाईंले मुस्ताङ आसपासको दृश्यलाई सुन्दर रुपमा कैद गरेका गरेका छन् ।

निर्माण ब्यानर सबस्त इन्टरटेनमेन्टले टिकटक प्रयोगकर्ताको लागि सुवर्ण अवसर ल्याएको छ । गायक विक्रम जंग शाहका अनुसार यो गीतमा उत्कृष्ट टिकटक बनाउनेहरु मध्येबाट एक जनालाई गीतको दोस्रो भागमा मोडलिङको अवसर दिइनेछ । यो सुवर्ण अवसर प्राप्त गर्नलाई यो गीतमा टिकटक बनाएर ह्याजट्याग ‘ज्यानलाई खतरा’ लेखेर पोस्ट गर्नु पर्नेछ ।