‘दोख’को कथा बोल्ने ‘रातैले बुन्छ’ गीतमा रिलिज

‘दोख’को कथा बोल्ने ‘रातैले बुन्छ’ गीतमा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अनुप बराल निर्देशित सिनेमा ‘दोख’को ‘रातैले बुन्छ’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सिनेमाको कथा बोल्ने दृश्यहरु समावेश गरिएको छ । गीत हेर्नुस् :

झुमा लिम्बूको आवाज रहेको पूर्वेली भाकाको गीतमा श्रवण मुकारुङको शब्द र पुष्पसंगमको संगीत रहेको छ । जनयुद्धको पृष्ठभूमिमा दुई गाउँबीचको दुश्मनीको कथालाई सिनेमामा प्रस्तुत गर्छ । सिनेमामा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापा मगरलगायत कलाकारको अभिनय रहेको छ । सिनेमालाई राजन कठैतले लेखेका हुन् ।

सविन ज्ञवाली र मनोज अधिकारीे निर्माता रहेको सिनेमामा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले थापा कार्यकारी निर्माता रहेका छन् । शैलेन्द्र डी कार्कीले छायाकंन गरेको सिनेमालाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । सिनेमाको प्रदर्शन मिति भने तय गरिएको छैन ।