anmol jasita

संजयको ‘इजहार’मा शाहरुख ?

संजयको ‘इजहार’मा शाहरुख ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता शाहरुख खान र निर्देशक संजय लिला भंसालीबीच ‘देवदास’पछि कुनैपनि सहकार्य भएको छैन् । यसबीच केही सिनेमाका लागि संजयले शाहरुखलाई प्रस्ताव गरेपनि एकसाथ काम गर्ने अवसर जुटेन ।

भन्सालीले शाहरुखलाई ‘पद्यावत’ र ‘बाजिराव मस्तानी’ लगायतका सिनेमाको प्रताव गरेका थिए । यस्तै, केहि दिन यता बलिउड मिडियामा संजयले एक लभस्टोरी सिनेमाको अफर शाहरुखलाई गरेको चर्चा छ । बलिउड हंगामाका अनुसार सिनेमाको नाम ‘इजहार’ राखिएको छ ।

रियल स्टोरीमा निर्माण हुने सिनेमाको कथा शाहरुखलाई नै मध्य नजर गरेर लेखिएको बलिउड मिडियाले जनाएका छन् । सिनेमाको कथा साइकलमा नर्वेमा बस्ने प्रेमिका भेट्न गएको प्रेमीमा आधारित रहनेछ । सिनेमाको कथामा निर्देशक संजय लिला भन्साली विगत ४ वर्षदेखि काम गरिरहेका थिए । तर, यस विषयमा हालसम्म निर्माण टिमले कुनै जानकारी दिएको छैन् ।