जी स्टुडियोलाई १ सय ९० करोडमै ‘राधे’ रिलिज अनुमती

जी स्टुडियोलाई १ सय ९० करोडमै ‘राधे’ रिलिज अनुमती

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सलमान खान अभिनित सिनेमा ‘राधे’ इदको अवसरमा रिलिज हुँदैछ । सिनेमा हल र ओटीटीमा एक साथ रिलिज हुने सिनेमालाई जी स्टुडियोले २ सय ३० करोडमा किनेको थियो । तर, सिनेमा प्रदर्शनको मुखमै आएर कोरोना महामारीका कारण सलमानले स्टुडियोमा ४० करोड मिनाह गर्दै १ सय ९० करोडमा डिल फाइनल गरेका छन् ।

हाइब्रिड रिलिज राधे ओटीटीका लागि दोस्रो ठूलो रिलिज हो । अक्षयकुमारको ‘लक्ष्मी’ ओटीटीमा रिलिज हुने पहिलो ठूलो सिनेमा थियो । तर हलमा रिलिज हुन लागेको सिनेमा जी प्लेक्सले किनेसँगै यसको मुल्यको बारेमा धेरैलाई चासो थियो । महामारीलाई ख्याल गर्दै सलमान केही पैसा कम गर्न तयार भएपछि १ सय ९० करोडमा कुरा मिलेको हो ।

विदेश र हलमा चलेको कमाइ भने पूर्व रिलिजको अवस्थामा जस्तै निर्माताको हुनेछ । जी स्टुडियोका विभिन्न च्यानलसँगै राधे विश्वका ४० देशमा पनि रिलिज हुँदैछ । भारतकै पनि केही राज्यका सिङ्गल थिएटरमा सिनेमा रिलिज हुन लागेको बताइएको छ ।

महामारीका कारण मल्टिप्लेक्स भने खुल्न नसकेपछि सलमानले त्यसका सञ्चालकसँग माफी मागेका छन् । उनले मल्टिप्लेक्सको आग्रहलाई मानेर नै पहिले नै ओटीटीमा रिलिज गर्न लागेको सिनेमा रोकेका थिए । ओटीटीमा सिनेमा हेर्न भारतीय दर्शकले २ सय ४९ रुपैंया तिर्नुपर्नेछ ।