शिल्पा र प्रदीप अभिनित भोजपुरी ‘प्रेमगीत २’को ट्रेलर रिलिज

शिल्पा र प्रदीप अभिनित भोजपुरी ‘प्रेमगीत २’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शिल्पा पोखरेल अभिनित दोस्रो भोजपुरी सिनेमा ‘प्रेमगीत २’को ट्रेलर रिलिज गरिएको छ । भोजपुरी स्टार प्रदीप पाण्डे चिन्टुसँग अनस्क्रिन रोमान्स गरेकी पोखरेललाई सार्वजनिक ट्रेलरमा प्रर्याप्त स्पेश दिइएको छ ।

मित्रता र प्रेममा आउने उतार चढावको कथालाई प्रस्तुत गरिएको सिनेमामा प्रदीपले ‘प्रेम’ र शिल्पाले ‘गीतको भूमिका निवार्ह गरेका छन् । भारत र नेपालको पोखरा आसपास छायांकन गरिएको सिनेमालाई सोनु खत्रीले निर्देशन गरेका हुन् । सिनेमामा अमित शुक्ला, रम्भा सहानी, रोहित सिंह, सिपी भट्ट, रन्जित कुमार शर्मा, रोहित थापा लगायतका कलाकारको पनि अभिनय छ ।

निर्देशक सोनु खत्री स्वयंले सिनेमाको निर्माण गरेका हुन् । रत्नाकर कुमार प्रस्तुतकर्ता सिनेमामा एवी मोहनक कथा, पटकथा तथा संवाद, हरी घले लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व, ओम झाको संगीत, कविराज गहतराज, शिव विक, रिकी गुप्ता, विवेक थापाको कोरियोग्राफी, समिर मियाँको भिएफएक्स, रेनेश फागोको कलर, उमालाल यादवको शब्द रचना रहेको छ ।

शिल्पा अभिनित पहिलो भोजपुरी सिनेमा ‘जय शम्भु’ केही समय पहिले रिलिज भएको थियो । ‘जय शम्भु’को ट्रेलरबाट मिलेको प्रतिक्रियाले उत्साहित शिल्पा ‘प्रेमगीत २’ले भोजपुरीमा स्थापित हुनेमा विश्वस्त छिन् । शिल्पाका अनुसार भारत र नेपालमा एकसाथ प्रदर्शन हुने सिनेमा ‘जय शम्भु र प्रेमगीत २’को प्रदर्शन मिति कोरोना महामारी साम्य भएसँगै फाइनल गरिनेछ ।