सलमानको आक्रोश: ‘राधे’ पाइरेसी गर्नेलाई साइवर सेलले कारवाही गर्नेछ

सलमानको आक्रोश: ‘राधे’ पाइरेसी गर्नेलाई साइवर सेलले कारवाही गर्नेछ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सलमान खान अभिनित सिनेमा ‘राधे’ले दर्शक तथा समीक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ । सिनेमा बिहीवारबाट सिनेमा हलसँगै ओटीटी प्लेटफर्म जी फाइभमा रिलिज भएको छ ।

सिनेमाले रिलिजको पहिलो दिन नै ४.२ मिलियन भ्यूजको इतिहास बनाएको सलमालले उल्लेख गरेका छन् । भने, सिनेमा अनलाइनमा पाइरेसी गर्नेप्रति आक्रोस समेत पोखेका छन् । सिनेमा पाइरेसी भएपछि सलमानले ट्विटरमा लेखेका छन्, ‘हामीले तपाईहरुलाई ‘राधे’ पे भ्यू २ सय ९९ रुपैयाँको एकदमै कम मुल्यमा देखाएका छौं । यसका बावजूद पनि सिनेमा गैर कानुनी रुपमा पाइरेसी भएको छ । यो एक गम्भीर अपराध हो । साइबर सेल पाइरेटेड साइट्सविरुद्ध एक्सन लिँदैछ । कृपया पाइरेसीमा सामेल नहुनुहोस्, यसमा आवद्ध पाइएमा साइबर सेलले कारवाही गर्नेछ ।’

कोरोनाका कारण भारतमा प्रायः सिनेमा हल बन्द छन् । जसका कारण घरेलु बजारमा सिनेमाको व्यापार कमजोर रहेको बलिउड मिडियाले जनाएका छन् । तर, अन्तराष्ट्रिय बजारमा कोरोना महामारीका बीच सिनेमाले राम्रो बिजनेश गरेमा पण्डितको भनाई छ । प्रभु देवा निर्देशित सिनेमामा दिशा पटानी, ज्याकी श्राफ, रणदीप हुड्डाको पनि अभिनय छ ।