जुनियर एनटीआरको जन्मदिनमा ‘आरआरआर’को फर्स्टलुक

जुनियर एनटीआरको जन्मदिनमा ‘आरआरआर’को फर्स्टलुक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘आरआरआर’ निर्माण टिमले मुख्य अभिनेता जुनियर एनटीआरको फर्स्टलुक पोस्टर रिलिज गरेको छ । उनको ३८ औं जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो । अभिनेता जन्मदिनको एकदिन पहिले नै एक अपिल सार्वजनिक गर्दै फ्यानलाई भिडभाड नगर्न आग्रह गरेका थिए ।

एसएस राजामौलीको निर्देशनमा निर्माण भएको प्रतिक्षित सिनेमा ‘आरआरआर’को प्रदर्शन मिति अक्टोबर १३ लाई घोषणा गरिएको छ । तर, भारतमा दोस्रो लहरको कोरोना बढेका कारण सिनेमा रिलिजको सम्भावना नरहेको बलिउड मिडियाले उल्लेख गरेका छन् । यस विषयमा हालसम्म निर्माण कम्पनीले कुनैपनि जानकारी सार्वजनिक गरेको छैन् ।

सिनेमामा जुनियर एनटीआरका अलवा राम चरण, बलिउड अभिनेता अजय देवगण, आलिया भट्ट, हलिउड अभिनेत्री ओभिलिया मोरिसलगायतका कलाकारको अभिनय रहेको छ । सिनेमा हिन्दी, तामिल, तेलुगु, मल्यालम र कन्नड गरी पाँच भाषमा रिलिज हुनेछ ।