खराव समीक्षाका बावजुद ‘राधे’बाट सलमानलाई सय करोड नाफा

खराव समीक्षाका बावजुद ‘राधे’बाट सलमानलाई सय करोड नाफा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सलमान खान अभिनित सिनेमा ‘राधे: योर मोस्ट वान्टेड भाई’ इदको अवसरमा गतसात रिलिज भएको थियो । बलिउड मिडियाका अनुसार जी स्टुडियोलाई १ सय ९० करोडमा बिक्रि गरेको सिनेमाबाट सलमानले १ सय करोड बढि नाफा कमाएका छन् ।

रिलिजको पहिलो दिन ओटीटीमा ४२ मिलियन भ्युज बटुलेको सिनेमाले समीक्षकबाट खराब प्रतिक्रिया पाएको थियो । खराब प्रतिक्रियाका बावजुद सिनेमाबाट सलमानले सर्वाधिक नाफा कमाएका हुन् । हाइव्रिड प्रणालीमा रिलिज भएको सिनेमाको कमाई निकै राम्रो रहेको सिनेमा पण्डितको भनाई छ ।

कोरोना महामारीका कारण ओटीटी र हलमा एकसाथ रिलिज भएको सिनेमाले ओभरसिज मार्केटमा पनि निकै राम्रो कमाई गरेको छ । ओभरसिजका अधिकांश सिनेमा घरमा राधे ५० प्रतिशत अकुपेन्सीमा रिलिज भएको थियो । सलमान अभिनित राधे नेपालका पनि केही डिजिटल प्लेटर्फममा रिलिज भएको थियो ।

प्रभु देवा निर्देशित सिनेमामा सलमान खानका अलवा दिशा पटानी, ज्याकी श्राफ र रणदिप हुड्डाको अभिनय रहेको छ । सिनेमामा सलमानसँगै भाई सोहिल खानको पनि लगानी रहेको छ ।