पुन: रनवीर र इम्तियाजको सहकार्य ?

पुन: रनवीर र इम्तियाजको सहकार्य ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘रकस्टार’ र ‘तमाशा’पछि अभिनेता रनवीर कपुर निर्देशक इम्तियाज अलीसँग तेस्रो पटक सहकार्य गर्ने तयारीमा छन् । बलिउड मिडियाका अनुसार निर्देशक इम्तियाजले रनवीर कपुरलाई दुई स्टोरी सुनाएका थिए ।

जसमध्ये एक स्टोरी उनलाई निकै मन परेको छ । जसको लागि रनवीरले निर्देशकलाई मौखिक अनुमति दिइसकेका छन् । उनीहरु बीच चाँडै लिखित सम्झौता हुने भएकाले हाल सिनेमाको प्रि प्रोडक्सन कार्य सुरु भएको बताइएको छ । यो जोडीले सहकार्य गरेको पहिलो सिनेमा रकस्टार सुपरहिट भएको थियो । भने तमाशा औषत सावित भयो ।

बलिउड मिडियाका अनुसार लव आजकल निर्देशक इम्तियाज हाल विवादित गायक अमर सिंह चमकिलाको बायोपिक र आत्माहत्या जस्तो समाजिक मुद्धामा आधारित कथामा एकसाथ काम गरिरहेका छन् । यी दुई मध्ये रनवीरले कुन कथामा काम गर्न लागेका हुन् भन्ने खुलेको छैन् ।