anmol jasita

बाहुबली लेखकको ‘सीता’ करिना र रणबीरलाई अफर

बाहुबली लेखकको ‘सीता’ करिना र रणबीरलाई अफर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बाहुबली लेखक केवी विजयन्द्र प्रसादको नयाँ सिनेमा ‘सीता: द इनकार्नेशन’मा बलिउड अभिनेता रणबीर सिंहलाई रावणको भुमिकाको लागि अफर गरिएको छ । केही समय पहिले अफियल घोषणा गरिएको सिनेमा हाल चर्चाको शिखरमा छ ।

अलौकिक देसाईको निर्देशन रहने सिनेमामा सीताको भुमिकाको लागि अभिनेत्री करिना कपुरलाई प्रस्ताव गरिएको छ । करिना केही समय पहिले मात्रै दोस्रो पटक आमा बनेका सिनेमामा काम गर्ने नगर्ने दोधारमा रहेको बलिउड मिडियाले जनाएका छन् । सिनेमाको प्रस्तावलाई लिएर करिना सकरात्मक रहेको उल्लेख छ ।

सीताको कोणबाट प्रस्तुत गरिने यो सिनेमामा रामायणमा बेस्ड अन्य सिनेमाभन्दा निकै फरक हुने निर्माण कम्पनीको भनाई छ । अभिनेता रणबीर सिंहलाई सिनेमाको कन्सेप्ट निकै मन परेको छ । यदी सवै कुरा मिलेको खण्डमा पहिलो पटक रणबीर करिनाले एकसाथ स्क्रिन सेयर गर्ने बताइएको छ । निर्माण टिमको पहिलो रोजाई करिना भएकै कारण उनलाई मनाउन निर्देशक लागि परेका छन् ।

कारणबस सिनेमामा करिनाले काम गर्न नसकेको खण्डमा निमार्ण टिको दोस्रो रोजाई अभिनेत्री आलिया भट्ट रहेको बताइएको छ । सीताको भुमिकामा करिना र आलिया उत्तिकै प्रर्फेक्ट हुने बुझाई निर्माणको छ । हाल करिनासँग कुरा भैरहेका कारण सिनेमाको प्रस्ताव आलियालाई गरिएको छैन् । तर यस विषयमा निमार्ण कम्पनिले आधिकारिक धारण सार्वजनिक गरेको छैन् ।