जोनलाई ‘सलार’मा प्रभाषको भिलेन बन्न अफर ?

जोनलाई ‘सलार’मा प्रभाषको भिलेन बन्न अफर ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘बाहुबली’बाट प्यान इन्डिया सुपरस्टारको परिचय बनाएका प्रभाषको हातमा अहिले सिनेमाको ओइरो लागेको छ । हाल प्रभाष केजिएफ निर्देशक प्रशान्त निलको सिनेमा ‘सलार’को छायांकनमा व्यस्त छन् ।

सिनेमामा प्रभाषको आपोजिटमा अभिनेत्री श्रुति हसन फाइनल भैसकेकी छन् । भने केही दिन पहिले मात्रै सिनेमामा तामिल अभिनेत्री ज्योतिका पनि अनुबन्धित भएकी थिइन् । यसैबीच बलिउड मिडियामा ‘सलार’मा प्रभाषको भिलेन बन्न अभिनेता जोन अब्राहमलाई प्रस्ताव गरिएको छ ।

सिनेमाको प्रस्तावलाई लिएर जोन पोजेटिभ रहेको बलिउड मिडियाले जनाएका छन् । तर हालसम्म उनले सिनेमामा काम गर्ने नगर्ने निधो गरिसकेका छन् । हिन्दी, तामिल, तेलुगु, मल्यालम र कन्नड गरि पाँच भाषामा रिलिज हुने सिनेमामा जोनले काम गर्ने सम्भावना प्रवल छ । यस विषयमा जोनले मुख खोलेका छैनन् ।

प्रभाष अभिनित सिनेमा ‘राधे श्याम’ प्रदर्शनको तयारीमा छ । भने ‘सलार’पछि उनले तानाजी फेम्ड निर्देशक ओम राउतको ‘आदिपुरुष’, नाग आश्विनको साइन्स फिक्सन सिनेमा र सिदार्थ आनन्दको एक्शन सिनेमामा काम गर्दैछन् । यस्तै, केहीदिन यता प्रभाष हलिउड सिनेमा ‘मिशन: इम्पोसिबल ७’मा पनि काम गर्ने तयारीमा रहेको चर्चा चलिरहेको छ ।