कोरोना महामारीवीच विवादमा अक्षयको ‘पृथ्वीराज’

कोरोना महामारीवीच विवादमा अक्षयको ‘पृथ्वीराज’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार अभिनित सिनेमा ‘पृथ्वीराज’ कोरोना महामारीवीच विवादमा तानिएको छ । करणी सनेमाले निमार्ण टिमलाई सिनेमाको टाइटल परिवर्तन गर्न निर्देशन दिएको छ ।

आफ्नो मागलाई नजरअन्दाज गरेको खण्डमा सिनेमा प्रदर्शन हुन नदिने चेतावनी दिएको छ । सिनेमामा अक्षय कुमारले राजिस्तानी राजा पृथ्वीराजको भुमिका निवार्ह गरेका छन् । सिनेमाको जारी विवादको विषयमा निर्माण टिमले कुनैपनि जानकारी सार्वजनिक गरेको छैन् ।

करणी सेनाले सिनेमाको नाम परिवर्तन गर्दै आफ्नो संस्थाका पदाधिकारीलाई ‘पृथ्वीराज’ नदेखाई प्रदर्शन गर्न नदिने धम्की दिएको छ । यदि आफ्नो माग सुनुवाई नभए त्यसको क्षेतिपुर्ती भोग्न यशराज ब्यानर तयार हुनु पर्ने जानकारी करणी सेनाले दिएको छ ।

सिनेमामा अक्षय कुमारका अलवा मानुषी छिल्लर, संजय दत्त लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । चन्द्र प्रकाश द्धिवेदी निर्देशित सिनेमा आगामी दिपावलीमा रिलिज हुने तयारीमा थियो । तर भारतमा बढेको दोस्रो लहरको कोरोना संक्रमणसँगै सिनेमा रिलिज अनिश्चित बनेको छ ।