निर्देशक आदित्य धरसँग यामी गौतमले गरिन सटुक्क विवाह

निर्देशक आदित्य धरसँग यामी गौतमले गरिन सटुक्क विवाह

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री यामी गौतमले केहीदिन पहिले कोरोना महामारीबीच सुटुक्क विवाह गरेकी छन् । उनले निर्देशक आदित्य धरसँग लगनगााठो कसेकी हुन् । बिहेपछि उनले विवाह सेरोमनीका फोटो समाजिक संजालमा भाइरल भइरहेका छन् ।

यामी र आदित्यले सामाजिक सञ्जालको माध्यमबाट आफूहरु विवाह बन्धनमा बाँधिएको जानकारी दिएका थिए । उनीहरुको विवाह समारोह निकै छोटो राखिएको थियो भने दुई परिवारका सीमित व्यक्तिको मात्र उपस्थिति रहेको थियो ।

आदित्य र यामीको अफेयर सुपरहिट सिनेमा ‘उरी : द सर्जिकल स्ट्राइक’को छायांकन सेटबाट भएको थियो । आदित्य निर्देशित सिनेमामा यामीको सहायक अभिनेत्रीको भूमिका निवार्ह गरेकी थिइन् । सिनेमाबाट आदित्यले उत्कृष्ट निर्देशकको अवार्ड समेत हात पारेका छन् । सिनेमा भारतीय सेनाले पाकिस्तानमाथि गरेको सर्जिकल स्ट्राइकमा आधारित थियो ।

टेलिभिजनबाट अभिनय यात्रा सुरु गरेकी यामीले आयुष्मान खुराना अभिनित सिनेमा ‘विक्की डोनर’बाट डेब्यू गरेकी थिइन् । यसका अलवा उनले ‘सनम रे, काबिल, बाला, गिन्नी वेड्स सन्नी’ लगायतका सिनेमामा काम गरिसकेकी छन् । उनी अभिनित सिनेमा ‘भुत पुलिस, दसवी र अ थर्सडे’ लगायतका सिनेमा प्रदर्शनको तयारीमा छन् ।