काम नपाएपछि सरकारलाई कर तिर्न सकिन् : कगंना रनौत

काम नपाएपछि सरकारलाई कर तिर्न सकिन् : कगंना रनौत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडकी विवादित अभिनेत्री कंगना रनौतले आफु भारतमा सवैभन्दा बढि कर तिर्ने अभिनेत्री भएको बताएकी छन् । तर, पछिल्लो समय कर तिर्न नसकेकोमा गुनासो पनि पोखेकी छिन् । कंगनाले अघिल्लो आधा वर्षदेखिको कर तिर्न असमर्थ रहेको उल्लेख गरेकी छन् । यद्यपि, बाँकी करमा सरकारले ब्याज लगाए पनि कुनै आपत्ति नभएको उनले बलिउड मिडियालाई बताएकी छिन् ।

इन्स्टाग्राम स्टोरीमा कंगना लेख्छिन्, ‘म मेरो कमाइको अधिकतम ४५ प्रतिशत कर तिर्छु र म सबैभन्दा धेरै कर तिर्ने अभिनेत्री हुँ । तर, कामहरु ठप्प भएको र नयाँ काम नपाएका कारण गत वर्षको आधा कर तिर्न सकिरहेको छैन । मेरो जीवनमा पहिलोपटक यस्तो भएको छ । कर तिर्न म ढिला भइसकेँ, तर सरकारले मेरो बाँकी करमा ब्याज लिइरहेको छ, यो कदमलाई पनि म स्वागत गर्दछु ।’

कंगना अभिनित बायोपिक सिनेमा ‘थालावी’ रिलिजको तयारीमा छ । यसका उनको अभिनय रहने सिनेमा धाकड पोष्टप्रोडक्सनमा छ, भने ‘तेजसको छायांकन कोरोना महामारीको दोस्रो लहरका कारण रोकिएको छ । यो सिनेमा पश्चात कंगना होम प्रोडक्सन सिनेमा ‘मणिकर्णिका रिटन्स स् द लिजेन्ड अफ डिडा’ को छायांकनमा ब्यस्त हुने छिन् ।