दिल राजुको पीरियड ड्रामामा निर्देशक प्रशान्त, प्रभाष हिरो

दिल राजुको पीरियड ड्रामामा निर्देशक प्रशान्त, प्रभाष हिरो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘बाहुबली’बाट प्यानस्टार अभिनेताको छवि बनाएका अभिनेता प्रभाष हाल ‘आदिपुरुष र सलार’को छायांकनमा व्यस्त छन् । उनी अभिनित सिनेमा ‘राधेश्याम’ प्रदर्शनको तयारीमा छ, भने नाग आश्विनको साइन्स फिक्सन सिनेमा प्रिप्रोडक्सनमा छ ।

नाग आश्विनको सिनेमाको छायांकन सकाएपछि प्रभाषले सलारपछि दोस्रो पटक सहकार्य गर्न लागेको चर्चा बलिउड मिडियामा छ । दिल राजुको लगानी रहने पीरियड ड्रामा सिनेमाको चाँडै घोषण हुँदैछ । ‘केजिएफ’ निर्देशक प्रशान्त निलले जुनियर एनटीआरको सिनेमाको छायांकन सकिएपछि उनीहरुको सहकार्य हुनेछ ।

प्रशान्त र प्रभाषको दोस्रो सहकार्य बन्ने दोस्रो प्रोजेक्ट पनि प्यान इन्डिया रिलिज हुनेछ । ‘सलार’मा प्रभासले श्रुति हसनसँग रोमान्स गर्दैछन् । यो सिनेमामा तामिल अभिनेत्री ज्योतिकाको पनि मुख्य भुमिका रहनेछ । सिनेमामा भिलेनको प्रस्ताव बलिउड अभिनेता जोन अब्राहलाई गरिएको छ । प्रशान्त निर्देशित सिनेमा ‘केजीएफ २’ प्रदर्शनको तयारीमा छ ।