‘मास्टर र खिलाडी’को हिन्दी रिमेकमा सलमान ?

‘मास्टर र खिलाडी’को हिन्दी रिमेकमा सलमान ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सलमान खान हाल बहुप्रतिक्षित सिनेमा टाइगर ३ को प्रिप्रोडक्सनमा व्यस्त छन् । यो सिनेमाको छायांकन सकिएसँगै सलमान ‘कवी इद कवी दिवाली’को छायाँकन सुरु गर्नेछन् ।

यसैबीच बलिउड मिडियामा सलमान दुई दक्षिण भारतीय सिनेमाको हिन्दी रिमेकमा काम गर्न लागेको छ । बलिउड हंगामाका अनुसार यी दुई सिनेमाको घोषण जुलाईमा गरिनेछ । सलमान तामिल सिनेमा ‘मास्टर’को र तेलुगु सिनेमा ‘खिलाडी’को हिन्दी भर्सनमा देखिँदै छन् ।

रवी तेजा स्टारर सिनेमा ‘खिलाडी’को हिन्दी रिमेक अधिकार स्वयंम सलमानको कम्पनि सलमान खान फिल्मस्ले किनेको हो । भने, ‘मास्टर’को रिमेक अधिकारी ‘कविर सिंह’ निर्माता मुराद खेतानीको कम्पनि सिने वान प्रोडक्सनले खरिद गरेको छ । यी दुवै सिनेमाको कथावस्तुले सलमानलाई निकै प्रभावित गरेको छ ।

रवी तेजा स्टारर सिनेमा ‘खिलाडी’को हिन्दी रिमेकको निर्देशनका लागि ओर्जिनल निर्देशक रमेश वर्मालाई नै सलमानले अफर गरेका छन् । भने ‘मास्टर’को हिन्दी रिमेकलाई कसले निर्देशन गर्ने फाइनल भएको छैन् । सलमान अभिनित ‘राधे’ इदको अवसर पारेर १३ मेमा प्रदर्शन भएको थियो ।