भिएफएक्समा ‘आदिपुरुष’ले तोड्यो बाहुबलीको रेकर्ड

भिएफएक्समा ‘आदिपुरुष’ले तोड्यो बाहुबलीको रेकर्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दोस्रो चरणको छायांकनको तयारीमा रहेको सिनेमा ‘आदिपुरुष’ले रिलिज अगावै ‘बाहुबली’को रेकर्ड तोडेको छ । यो ब्यापारको मामलामा नभई भिएफएक्समा हो । भारतमा सवैभन्दा बढि कमाई गर्ने रेकर्ड र भिएफएक्सको रेकर्ड यसअघि बाहुबलीको नाममा थियो ।

अबभने प्रभाषले आफ्नो रेकर्ड आफैले तोडेकाछन् । बलिउड मिडियाका अनुसार ‘आदिपुरुष’मा ‘बाहुबली’को भन्दा तीन गुणाबढि भिएफएक्सको प्रयोग हुने भएको छ । ‘बाहुबली’मा २ हजार ५ सय सर्ट्स भिएफएक्स गरिएको थियो, भने ‘आदिपुरुष’मा ८ हजार सर्ट्स भिएफएक्स प्रयोग हुने भएका छन् ।

‘तानाजी’ फेम्ड निर्देशक ओम राउतको निर्देशनमा निर्माण हुने सिनेमामा टिसिरिजको पनि लगानी रहनेछ । हाल सिनेमाको निर्माण टिम हैदराबादको रामोजी स्टुडियोमा सिनेमाको भव्य सेट निर्माण गरिरहेको छ । सिनेमामा प्रभाषका अलवा सैफ अली खान, कृति सेनोन, सन्नी सिंह लगायतका कलाकारको अभिनय रहनेछ ।