पासपोर्ट नविकरण नभएपछि उच्च अदालत पुगिन कंगना

पासपोर्ट नविकरण नभएपछि उच्च अदालत पुगिन कंगना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पासपोर्ट नविकरण नभएपछि बलिउड अभिनेत्री कंगना रनौत बम्बे उच्च अदालत पुगेका छन् । विभागका अधिकारीले कंगनाको पासपोर्ट नवीकरण गर्न नमानेपछि उनी अदालत पुगेकी हुन् ।

विभागका अधिकारीलाई पासपोर्ट नवीकरण गर्न निर्देशन दिन माग गर्दै कंगनाले निवेदन दिएकी छन् । कंगनाको पासपोर्टको म्याद आउँदो सेप्टेम्बर १५ मा सकिने भएपछि उनले नवीकरणका लागि आवेदन दिएकी थिइन् ।

तर, बान्द्रामा उनीविरुद्ध एफआईआर दर्ता भएको भन्दै नवीकरण नगरिएको जानकारी गराइएको छ । कंगना निवेदनमा यही जुन १५ देखि अगस्ट ३० सम्म हंगेरीमा आफ्नो नयाँ सिनेमा ‘धाकड’को छायांकनका लागि जानुपर्ने पनि उल्लेख गरेकी छन् ।

बलिउड मिडियाका अनुसार कंगना र उनकी दिदी रंगोलीविरुद्ध गत वर्ष कास्टिङ निर्देशक मुनावर अली सयुयदले एफआईआर दर्ता गराएका थिए । रनौत दिदी–बहिनीविरुद्ध दण्डनीय अपराधको लागि एफआईआर दर्ता गरिएको थियो ।