सोनु सुदमाथी छानबिन गर्न बम्बे उच्च अदालतको आदेश

सोनु सुदमाथी छानबिन गर्न बम्बे उच्च अदालतको आदेश

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना महामारीको पहिलो लहरसँगै नागरिको सेवामा खटिने बलिउड अभिनेता हुन सोनु सुद । उनले फ्यान तथा शुभचिन्तकबाट यो कामको लागि निकै प्रशंसा बटुली रहेका छन् ।

यसैबीच बम्बे उच्च अदालतले भने सोनुमाथि छानबिन गर्न निर्देशन दिएको छ । अदालतले सोनुले कोरोनसँग सम्बन्धित औषधि कसरी पाए भन्ने विषयमा उनी र कांग्रेस विधायक जीशान सिद्दिकीमाथि छानबिन गर्न महाराष्ट्र सरकारलाई आदेश दिएको हो । केही समय पहिले उनीहरुविरुद्ध अदालतमा उजुरी परेको थियो ।

बलिउड मिडियाका अनुसार सरकारी वकिल आशुतोष कुम्भकोनिले कोरोना सम्बन्धी औषधि फरक–फरक फार्मेसीबाट सोनु सुदले खरिद गरेको पाइएकाले त्यसको छानबिन भइरहेको जानकारी गराएका छन् ।