अक्षयको ‘बेलबटम’ छाडेका शाहिदसँग निखिलको टिमअप

अक्षयको ‘बेलबटम’ छाडेका शाहिदसँग निखिलको टिमअप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार अभिनित सिनेमा ‘बेलबटम’को अफर निर्माण टिमले ऋतिक पछि शाहिद कपुरलाई गरेको थियो । त्यो समय शाहिद ‘जर्सि’को हिन्दी रिमेकको छायाँकनमा व्यस्त भएका कारण ‘बेलबटम’मा काम गर्न सकेनन् ।

अब भने शाहिद निर्माता तथा निर्देशक निखिल आडवाणीको नयाँ एक्शन थ्रिलर सिनेमामा काम गर्दै छन् । यो सिनेमाको प्रि-प्रोडक्सन तयारी एक बर्षदेखि भैरहेको छ । निर्देशक निखिलले सिनेमाको कथा शाहिदलाई सुनाइसकेका छन् । उनलाई सिनेमाको कथा निकै मन परेको छ । त्यसैले निर्माण टिम शाहिदसँग औपचारीक सम्झौताको तयारीमा रहेको छ ।

बलिउड हंगामाका अनुसार शाहिद अहिले चार ओटा सिनेमाको तयारीमा छन् । यी सिनेमाको चाँडै औपचारीक घोषणा हुनेछन् । हाल ‘द फ्यामिलि म्यान’ सिरिज निर्देशक राज एण्ड डिकेको वेव सिरिजको छायाँकनमा व्यस्त शाहिद अभिनित ‘जर्सी’ रिलिजको तयारीमा छ । दोस्रो चरणको कोरोना महामारी साम्य भएर पुर्ण क्षमता सिनेमा हल सञ्चालनमा आएको खण्डमा यो सिनेमा तिहारको अवसरमा विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ ।