कहिले सकिन्छ रनवीर र आलियाको ‘बह्माअस्त्र’ छायांकन ?

कहिले सकिन्छ रनवीर र आलियाको ‘बह्माअस्त्र’ छायांकन ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता रनवीर कपुर र अभिनेत्री आलिया भट्ट अभिनित सिनेमा ‘ब्रह्माअस्त्र’को छायांकन सुरु भएको नै दुई वर्ष भैसक्यो । सिनेमाको छायांकन नसकिएकै कारण पटक पटक सिनेमाको प्रदर्शन मिति स्थगित हुने गरेको छ । कोरोना महामारीका कारण पनि सिनेमाको छायांकन सकिन टाइम लागेको बलिउड मिडियाले उल्लेख गरेका छन् ।

यसैबीच करण जोहरको धर्मा प्रोडक्सनको ब्यानरमा निर्माण भैरहेको ‘बह्माअस्त्र’कोअन्तिम सेड्युलको छायांकन हंगेरीको बुढापेस्टमा गर्ने तयारी निर्माण टिमले गरेको छ । सिनेमाको छायांकन र भिएफएक्समा समय लाग्दा सिनेमाको बजेट पनि निकै बढेको छ । पहिले तीन पार्टमा निर्माण गर्ने तयारीमा रहेको निर्माण कम्पनि बढ्दो बजेटकै कारण सिनेमाको पहिलो पार्ट सुपरहिट भएमात्रै दोस्रो र तेस्रो पार्ट निर्माण गर्ने सोचमा पुगेको छ ।

आयान मुखर्जीको निर्देशनमा निर्माण भएको सिनेमामा रनवीर र आलियाका अलवा अमिताभ बच्चन, मौनी रोय, साउथ सुपरस्टार नार्गाजुन अक्कीनेनीको मुख्य भुमिका रहेको छ । सिनेमामा बलिउड सुपरस्टार शाहरुख खानको पनि विशेष भुमिका रहनेछ । सिनेमाको सम्पुर्ण छायांकन अक्टुबरसम्म सकिने निर्माण टिमले जनाएको छ । यो सिनेमा अर्को वर्ष मात्रै दर्शकले हेर्न पाउने छन् ।