रणबीर र आलियाको ‘रक्की और रानी कि प्रेम कहानी’ निर्माण घोषण

रणबीर र आलियाको ‘रक्की और रानी कि प्रेम कहानी’ निर्माण घोषण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता रणबीर सिंह आज आफ्नो जन्मदिन मनाई रहेका छन् । उनलाई जन्मदिको अवसरमा निर्माण तथा निर्देशक करण जोहरले सिनेमा उपाहार दिएका छन् । उनको जन्मदिनमा करणले ५ वर्षपछि निर्देशनमा फर्किन लागेको घोषणा गरे ।

उनको निर्देशनमा निर्माण हुने सिनेमाको नाम ‘रक्की और रानी कि प्रेम कहानी’ राखिएको छ । यो सिनेमामा रणबीर सिंह र आलिया भट्टको मुख्य भुमिका रहनेछ । सिनेमामा उनिहरुका अलवा धर्मेन्द्र, जया बच्चन, शावाना आज्मी लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

करण जोहरको धर्मा प्रोडक्सनमा निर्माण हुने सिनेमामा वायकम १८ सह-निर्माताको रुपमा रहनेछ । करणले ५ वर्ष रणवीर कपुर, एश्वर्य राय बच्चन, अनुष्का शर्माको मुख्य भुमिका रहेको सिनेमा ‘ए दिल है मुश्किल’ निर्देशन गरेका थिए । भने यहि सिनेमाबाट रणबीर र आलिया ‘गली ब्वाई’ पछि दोस्रो पटक सहकार्य गर्दैछन् ।

केहीदिन अघिमात्रै निर्माता तथा निर्देशक आलिया भट्टलाई धर्मा प्रोडक्सनमा निर्माण हुने सवै सिनेमामा अभिनय गर्न नपर्ने बताएका थिए । तर त्यसको केही दिनमै करणले आलियालाई नै लिएर नयाँ सिनेमाको निर्माण घोषण गरेका छन् । सेप्टेम्बरबाट फ्लोरमा जाने सिनेमा २०२२ मा प्रदर्शनमा आउनेछ ।