anmol jasita

भंसालीको ‘हिरा मन्डी’मा सेक्स वर्कर बन्दै सोनाक्षी

भंसालीको ‘हिरा मन्डी’मा सेक्स वर्कर बन्दै सोनाक्षी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री सोनाक्षी सिन्हा संजयलिला भंसालीको नयाँ सिनेमा ‘हिरा मन्डी’ अनुबन्धित भएकी छन् । बलिउड हंगामाका अनुसार सोनाक्षी सिनेमाको मुख्य भुमिकामा फाइनल भएकी हुन् । सोनाक्षी ‘राउडी राठोर’पछि दोस्रो पटक भंसालीसँग सहकार्य गर्दैछिन् ।

संजयको ड्रिम प्रोजेक्ट ‘हिरा मन्डी’मा यसअघि नै हुमा कुरेसी अनुबन्धित भैसकेकी छन् । बलिउड मिडियाका अनुसार सोनाक्षी भन्दा पनि उनका पिता शत्रुघन सिन्हा छोरी भंसालीसँग काम गरोस भन्ने चाहन्थे । सोही अनुसार नै सिनेमामा सोनाक्षी काम गर्न तयार भएकी हुन् ।

भंसालीले हालै प्रतिक्षित सिनेमा ‘गंगुवाई कठियावाडी’को छायांकन सकाएका छन् । यो सिनेमामा आलिया भट्टको मुख्य भुमिका रहेको छ । यो सिनेमाको छायांकन सकिएसँगै संजय नेट फिलिक्ससँगको सहकार्य रहने ‘हिरा मन्डी’को तयारीमा जुटेका हुन् ।

हल सोनाक्षी सिनेमाका लागि कथक नृत्य प्रशिक्षण लिइरहेकी छन् । निर्देशक भंसाली पनि ‘हिरा मन्डी’ हालसम्मकै फरक प्रस्तुतिमा निर्माण गर्ने तयारीमा छन् । सिनेमामा सोनाक्षीले एक सेक्स वर्करको भुमिका निवार्ह गर्दैछिन् । सिनेमाको कथा पाकिस्तानमा अवस्थित लाहोरको वेश्यालय कथामा आधारित रहनेछ ।