अजय देवगणको ‘भुजः द प्राइड अफ इन्डिया’को ट्रेलर रिलिज

अजय देवगणको ‘भुजः द प्राइड अफ इन्डिया’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अजय देवगणको मुख्य भुमिका रहेको ‘भुजः द प्राइड अफ इन्डिया’को ट्रेलर सार्वजनिक गरिएको छ अगस्ट १३ अर्थात स्वतन्त्रता दिवसको अवसरमा रिलिज हुने सिनेमाको ट्रेलरले दर्शकको ध्यान खिच्न सफल भएको छ ।

‘भुज’ अजय देवगण अभिनित ‘तानाजी’ पछि रिलिज हुने पहिलो सिनेमा हो । सिधै ओटिटी प्लेटर्फम डिज्नी प्लस हटस्टारमा रिलिज हुनेछ । अभिषेक दुधियाको निर्देशनमा निर्माण भएको सिनेमा गतवर्ष नै रिलिजको तयारीमा थियो । तर सिनेमाको लकडाउनका कारण बाँकी रहेको छायांकन र पोस्ट प्रोडक्सनमा टाइम लागेपछि रिलिज एक वर्ष ढिला भएको बलिउढ मिडियाले उल्लेख गरेका छन् ।

सिनेमामा अजय देवगणका अलवा संजय दत्त, सोनाक्षी सिन्हा, नोरा फतेही, एमी भिरिक, शरद केलकर, प्रनिथा सुवास र इहाना ढिल्लोनको अभिनय रहेको छ । अजय देवगण फिल्मस्, टिसिरिज र सेलेक्ट मिडियाको लगानी सिनेमा रहेको छ । सिनेमा भारतको गुजरातको भुजमा १९७१ पकिस्तानले गरेको हमला माथि बेस्ड छ ।