भायकम १८ को ‘राखी’मा शाहरुख र संजय ?

भायकम १८ को ‘राखी’मा शाहरुख र संजय ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता शाहरुख खान र संजय दत्त पहिलो पटक सिनेमामा एकसाथ काम गर्ने भएका छन् । बलिउड मिडियाका अनुसार सिनेमाको वर्किङ टाइटल ‘राखी’ जुराईएको छ । यी दुई अभिनेताले एकसाथ पुरा सिनेमामा काम गरेका छैनन् ।

तर शाहरुखको अभिनय रहेका दुई सिनेमा ‘ओम शान्ति ओम र रावन’मा संजयले अतिथी भुमिका निवार्ह गरेका थिए । भायकम १८ को व्यानरमा निर्माण हुने सिनेमाको छायांकन वर्षको अन्त्यबाट सुरु हुनेछ । हाल शाहरुख र संजय दुवै आफ्नो सिनेमाको छायांकनमा व्यस्त भएका कारण औपचारिक सम्झौताको काम बाँकी छ ।

सिनेमाका लागि दुवै जनासँग लिखित सम्झौता भएसँगै निर्माण घोषणा गरिनेछ । सिनेमा हिन्दीसँगै अन्य भाषामा पनि रिलिज हुनेछ । यो संजय अभिनित दोस्रो प्यान इन्डिया सिनेमा हुनेछ । उनले यसअघि यश अभिनित सुपरहिट सिनेमा ‘केजिएफ च्याप्टर २’मा काम गरेका थिए । यो सिनेमा प्रदर्शनको तयारीमा छ ।

यस्तै, शाहरुख हाल दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भुमिका रहने सिनेमा ‘पठान’को छायांकनमा व्यस्त छन् । यसपछि उनी तामिल निर्देशक एटलीको एक्शन सिनेमा र राजकुमार हिरानीको सामाजिक कथावस्तुमा निर्माण हुने सिनेमामा काम गर्ने पक्का भैसकेको बलिउड मिडियाले जनाएका छन् ।