जन्मदिनमा संजयलाई ‘केजिएफ २’को पोस्टर उपहार

जन्मदिनमा संजयलाई ‘केजिएफ २’को पोस्टर उपहार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौ – अभिनेता संजय दत्त आज आफ्नो जन्मदिनको मनाउँदैछन् । उनको जन्मदिनको अवसर पारेर ‘केजिएफ २’ टिमले उपहार स्वरुप उनको एक पोस्टर सार्वजनिक गरेको छ ।

सार्वजनिक पोस्टरमा संजयले हातमा तलवार बोकेका छन् । संजयको नयाँ पोस्टरलाई दर्शकले निकै रुचाइरहेका छन् ।

प्रशान्त नीलले निर्देशन गरेको कन्नड सिनेमामा यश र श्रीनीधि शेट्टी मुख्य भुमिकामा छन् । सिनेमामा रविना टन्डन पनि देखिने छिन् । संजय सिनेमामा अधिरा पात्रका रुपमा नकारात्मक भूमिकामा देखिँदैछन् ।

-एजेन्सी