नविनको गीतमा वर्षा र राज (भिडियो)

नविनको गीतमा वर्षा र राज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गायक नविन के.भट्टराईको स्वरमा ‘सम्झिरहन्छु’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा संगीत र संगीत संयोजन नविन आफैंले गरेका छन् ।

नविना भट्टराईले निर्देशन गरेको गीतको भिडियोमा नायिका वर्षा शिवाकोटी र राज कटवालको अभिनय छ । आफ्ना पुराना गीत भन्दा यो गीतमा केहि फरक प्रस्तुति भएको गायक भट्टराई बताउँछन् । साथै उनले गीतलाई दर्शक श्रोताहरुले मन पराउने आशा व्यक्त गरे ।

सौरभ लामाले छायांकन गरेको म्युजिक भिडियोलाई अर्जन जिसीले सम्पादन गरेका छन् ।