भन्सालीको ‘बैजू बावरा’बाट बाहिरिन् दीपिका

भन्सालीको ‘बैजू बावरा’बाट बाहिरिन् दीपिका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक सञ्जयलीला भन्सालीको सिनेमा ‘बैजु बावरा’बाट अभिनेत्री दीपिका पादुकोण बाहिरिएकी छन् ।

यो सिनेमामा रणवीर र दीपिकाको जोडी एक साथ देखिने चर्चा थियो । तर, हालै यो सिनेमाबाट दीपिका बाहिरिएकी छन् । भारतिय मिडिया अनुसार दीपिकाले पति रणवीर सरह पारिश्रमिकको माग गरेपछि उनी सिनेमाबाट बाहिरिएकी हुन् ।

दीपिका र रणवीरले निर्देशक भन्सालीको ‘रामलीला’, ‘बाजिराव मस्तानी’ र ‘पद्दमावत’मा स्क्रिन सेयर गरेका थिए । त्यस्तै, दीपिका र रणवीर कपिल देवको बायोपिक ‘८३’मा एक साथ देखिदैछन् ।