फरहानको ‘जी ले जरा’मा प्रियंका, कट्रिना, आलिया

फरहानको ‘जी ले जरा’मा प्रियंका, कट्रिना, आलिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड निर्देशक तथा अभिनेता फरहान अख्तर दर्शकमाझ चाडैं नयाँ सिनेमा ‘जी ले जरा’ ल्याउँदैछन् । यो सिनेमामा अभिनेत्री प्रियंका चोपडा जोनस, कट्रिना कैफ र आलिया भट्ट एक साथ देखिदैछन् ।
सिनेमाको कथा तीन महिलाको सडक यात्रा र मित्रतामा आधारित हुनेछ । मगंलबार प्रियंका, आलिया, कट्रिना र फरहानले सामाजिक सञ्जालमा ‘जी ले जरा’को पोस्टर सार्वजनिक गरेर नयाँ सिनेमाबारे जानकारी दिएका हुन् । पोस्टरमा प्रियंका, आलिया र कट्रिनाको नामसँगै भारतका विभिन्न ठाँउको चित्रबाट बनेको गाडी देख्न सकिन्छ ।
‘जी ले जरा’को कथा जोया अख्तरले लेखेकी छन् । यो सिनेमा एक्सेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनेछ । यो ब्यानरको स्थापना सन् १९९९ मा रितेश सिधवानी र फरहान अख्तरले मिलेर गरेका थिए । सिनेमा सन् २०२३ मा रिलिज हुनेछ ।